Government of Nepal
Ministry of Health

Department of Health Services

Management Division

Teku, Kathmandu

Breaking News:

परिचय

Information Officer

Mukti Khanal
9841410963
mukti.khanal@yahoo.com

बागमती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुमा अवस्थित यस केन्द्रीय मत्स्य प्रयोगशालाको स्थापना शूरुमा काडमाडौं सेन्ट्रल मत्स्य ह्याचरीको नाममा २०२६ सालमा स्थापना भएको थियो भने आर्थिक वर्ष २०६१÷०६२ देखि कृषि विभागको नयाँ संगठन संरचना अनुसार यस कार्यालयको नाम केन्द्रीय मत्स्य प्रयोगशाला नामाकरण भै कार्य संचालन गर्दै आएकोछ । यो कार्यालय नागार्जून पहाडको फेदी र त्रिशुली सडक नजिकै रहेको छ । यसको कार्यालय केन्द्रीय मत्स्य भवनमा रहेको छ । यस भवन भित्र मत्स्य विकास निर्देशनालय, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलाशय मत्स्य विकास कार्यक्रम एवं केन्द्रीय मत्स्य प्रयोगशाला रहेका छन् । यस प्रयोगशालाले कुल २.८ हेक्टर क्षेत्रफल जमिन ओगटेको छ । मत्स्य स्वास्थ्य जांच तथा निदान सेवा संचालनका लागि एक मत्स्य प्रयोगशाला र मत्स्य पालन कार्यक्रम संचालन गर्नका लागि साना ठुला गरी जम्मा १२ वटा पोखरीहरु रहेका छन् । राजधानीमा रहेको यस प्रयोगशालाले स्थापनाकाल देखि नै काठमाडौं उपत्यका लगायत छिमेकी जिल्लाहरुमा पनि माछा भुरा वितरण र मत्स्य सम्बन्धि प्राविधिक सेवा प्रदान गर्दै आईरहेको छ । साथै नयाँ संरचना अनुसार विगत वर्ष देखि नै मत्स्य विज उत्पादनका अतिरिक्त राष्ट्रियस्तरमा मत्स्य स्वास्थ्य व्यवस्थापन, प्रयोगशाला स्तरीय जाँच सेवा र मत्स्य रोग सम्बन्धि निदान सेवा संचालन गर्दै आईरहेको छ ।

© GOVERNMENT OF NEPAL ,MINISTRY OF HEALTH,
DEPARTMENT OF HEALTH SERVICES, MANAGEMENT DIVISION