ब्यवस्थापन महाशाखाको बारेमा
स्वास्थ्य सेवा विभागका विभिन्न महाशाखाहरुमध्ये एक व्यवस्थापन महाशाखा योजना, एकिकृत सुपरिवेक्षण, सूचना व्यवस्थापन, सार्वजनिक स्वास्थ्य संस्था भवन निर्माण र रेखदेख, वातावरणिय स्वास्थ्य व्यवस्थापन, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, स्वास्थ्य कार्यक्रमको अनुगमन र मुल्यांकनका साथै स्वास्थ्य सेवाको गुणस्तरका लागि जिम्मेवार छ । यी कार्यहरु स्वास्थ्य सेवा विभाग अन्तरगतका महाशाखाहरुसंग सहकार्य गरी संचालन गरिन्छ । यस महाशाखा अन्तरगत चार शाखाहरु आपुर्ति व्यवस्थापन शाखा, पूर्वाधार शाखा, एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा र वातावरणिय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखा रहेका छन् ।
कार्यहरुः
- वार्षिक योजनाहरू तयार गर्न सम्बन्धित महाशाखाहरू र केन्द्रहरू बीच समन्वय गर्ने ।
- विभिन्न स्वास्थ्य संस्थाहरुको वार्षिक बजेट र कार्यक्रमहरूको तयारीको लागि व्यवस्था मिलाउने ।
- स्वास्थ्य कार्यक्रम कार्यान्वयन सुपरिवेक्षण गरी समीक्षा गर्ने ।
- स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधारहरू कार्यान्वयन गर्ने ।
- HMIS व्यवस्थापन गर्ने ।
- भवनहरू र अन्य सार्वजनिक स्वास्थ्य संस्थाको निर्माण र रेखदेख व्यवस्थापन र समन्वय गर्ने ।